
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । रुपन्देही– २ बाट उम्मेदवारी खारेजीमा परेका राजु गुरुङको रिटमाथिको सुनुवाइ स्थगित भएको छ । न्यायाधीश हरि फुँयालको इजलासमा परेको रिटमाथिको सुनुवाइ निवेदकका कानून व्यवसायीका तर्फबाट स्थगित गरिएको हो ।
कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी खारेज गरेको थियो । उनले एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका थिए ।
उम्मेदवारी खारेज भएपछि गुरुङले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij