Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

प्रचण्डले आफैँलाई मत हाल्न नपाउने

प्रचण्डले आफैँलाई मत हाल्न नपाउने

  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफैँलाई मत हाल्न नपाउने भएका छन् ।

    images
    images
    images

    आगामी निर्वाचनका लागि प्रचण्ड गोरखा–२ बाट गठबन्धनका तर्फबाट उम्मेदवार बनेका छन् । २०७४ को निर्वाचनमा गृह जिल्लाको चितवन क्षेत्र–३ बाट विजयी भएका  थिए । त्यसैले उनको चितवनको भरतपुर महानगरपालिका वडा नं १४ मा  मतदाता नामावली रहेको छ ।

    आगामी निर्वाचनमा पनि सोही निर्वाचन क्षेत्रबाट चुनाव लड्ने तयारी गरेतापनि पछि उनले चितवन छोडेर गोरखा–२ मा चुनाव लड्ने भएसँगै उनले आफैँले आफैँलाई मतदान गर्न नपाउने भएका हुन् ।

    स्थानीय निर्वाचनमा उम्मेदवारले आफ्नो मतदाता नामावली रहेको स्थानीय तहबाट मात्र उम्मेदवारी दिन पाउने प्रावधान रहेको छ भने संघीय र प्रदेशको निर्वाचनमा उम्मेदवारले जुनसुकै निर्वाचन क्षेत्रबाट निर्वाचन लड्न पाउनेछन् । सो कारण धेरै उम्मेदवारहरुले आफैँले आफैँलाई मतदान गर्नबाट बञ्चित हुने भएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij