Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

सहकारीकर्मी शरद र जगतलाल स्वतन्त्रमै जुरुक्क

सहकारीकर्मी शरद र जगतलाल स्वतन्त्रमै जुरुक्क

  • ललितपुर । ललितपुरका दुई सहकारीकर्मीले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका संचालक तथा ललितपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष शरद कुमार महर्जनले ललितपुर क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका हुन् । 

    images
    images
    images

    त्यस्तै, वागमती प्रदेश सहकारी संघका वरिष्ठ उपाध्यक्ष जगतलाल महर्जनले ललितपुर क्षेत्र नं ३ (क) बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन् । 

    दुवैजना नेपाली कांग्रेस निकट सहकारीकर्मी मानिन्छन् । उनीहरु जिल्लाबाट भने उम्मेदवारका लागि सिफारीसमा परेका थिए । तर, केन्द्रीय समितिबाट टिकट नपाएपछि भने उनीहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij