Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

महानगरले दशैँ, तिहारको बेलामा पनि फुटपाथमा पसल राख्न नदिने

महानगरले दशैँ, तिहारको बेलामा पनि फुटपाथमा पसल राख्न नदिने

  • काठमाण्डाै । काठमाण्डौ महानगरपालिकाले दशैँ, तिहारको बेलामा पनि फुटपाथमा पसल राख्न नदिने भएको छ। 

    onlinepatrika
    Arghakhachi

    दशैँलाई लक्षित गरेर फुटपाथ व्यापारमा महानगर लचक भएको हल्ला फैलिएपछि एक प्रेस विज्ञप्ति जारी गर्दै चाडवाडमा पनि फुटपात व्यापारीमाथि लचिलो नहुने मेयर बालेन शाहले बताएका छन् ।

    AGNI GROUP

    यो बेला किनमेलका लागि ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिलाहरू घरबाहिर निस्कने समय भएकाले पैदलयात्रीकाे सुरक्षा महानगरपालिकाको जिम्मेवारी भएको महानगरले जनाएको छ ।

    चाडपर्व वा समय विशेषमा फुटपाथमा पसल राख्न दिने भन्ने भ्रममा नपर्न पनि महानगरले आग्रह गरेको छ । सहरको विकास, सुधार र समृद्धिका लागि कानुन प्रदत्त अधिकार कार्यान्वयन गरेर नागरिक जीवनमा सुधारको महसुस गराउने मेयर शाहले प्रतिबद्धता जनाएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij