
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । काठमाडौंको जैसिदेवलमा इन्द्रजात्राको दिन खुकुरी प्रहार गरेर भाग्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बसन्तपुर डबलीबाट गणेश मन्दिर जाँदै गरेका राजिव श्रेष्ठ सहित ७ जना खुकुरी प्रहारबाट घाइते भएका थिए ।
खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले मकवानपुरको बकैया गाउँपालिका–६ घर भएका राजेश लामा (बल),सिन्धुली तीनपाटन घर भएका १८ वर्षीय राजु मगर र दुईजना नाबालकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार खुकुरी प्रहार गरेर भागेका २२ वर्षीय राजेश लामालाई मकवानपुरबाट पक्राउ गरेको छ । राजेशको नेतृत्वमा खुकुरी प्रहार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij