
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । तारकेश्वर नगरपालिका- २ काभ्रेस्थली पदमसालमा एक सुनचाँदी व्यवसायी लुटिएका छन् ।
गोसाईकुण्ड सुनचाँदी पसलका सञ्चालकलाई लुटेराको समूहले कुटपिट गरेर २ तोला बराबरको सुनका गरगहना र ४५ हजार रुपैयाँ लुटेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
घाइते व्यवसायीलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको प्रहरीका अनुसार रहेको छ । घटनापछि फरार समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij