
Apr 26 2025 | २०८२, वैशाख १३ गते
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले बढाएको ब्याजदर वृद्धिले उद्योगी व्यवसायीहरु तर्सिएका छन् । ब्याजदर वृद्धिको विरोध गर्दै उद्योगी व्यवसायीको विभिन्न छाता संगठनले विज्ञप्ति जारी गरिरहेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले ब्याजदर वृद्धि सम्बन्धमा विज्ञप्ति जारी गर्दै कोभिड महामारी र त्यसपछि बाह्य र वित्तीय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्यमी व्यवसायी ब्याजदर वृद्धिले थप मर्माहत हुनेभन्दै सरकार, केन्द्रीय बैंक र बैंक तथा वित्तीय संस्थाहरूको ध्यानाकर्षण गराएको हो ।
महासंघको सो विज्ञप्तिमा भनिएको छ, ‘संकटको बेलामा जोखिम बाँडेर अर्थतन्त्रका सबै क्षेत्रले एक-अर्कालाई सहयोग गर्नुपर्ने अहिलेको अवस्था हो । विशेषगरी कोभिडका कारण पहिलो बन्दाबन्दीको अवस्थामा बैकिङ क्षेत्रबाट प्राप्त सहयोगको महासंघ प्रशंसा गर्दछ । तर, पछिल्लो निर्णयले व्याजदरमा अस्थिरता हुँदा सञ्चालनमा रहेको व्यवसाय जोखिममा पर्ने र नयाँ लगानी निरूत्साहित हुनेछ ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij