Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

हराएका तीन बालक भारतमा भेटिए

हराएका तीन बालक भारतमा भेटिए

  • काठमाडौँ । बुटवलबाट हराएका तीन बालक भारतमा भेटिएका छन् । तीन दिनअघि विद्यालय जान हिँडेका बालकहरू भारतको केरलामा भेटिएका हुन् ।

    images
    images
    images

    बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, १५ वर्षकै समीर लम्साल र १४ वर्षका प्रदीप पन्थी विद्यालय जान भनी सँगै घरबाट निस्किका थिए । विद्यालयमा उनीहरू अनुपस्थित भएपछि परिवारजनले खोजी गरेका थिए ।

    सम्पर्कविहीन भएका मध्ये समिर लम्सालका बुबा भारतमा रहेको र ती सबै बालक उहाँसँग सम्पर्कमा आएकोे इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिनुभयो । “परिवारमार्फत बालकहरू सम्पर्कमा आएको खबर पाएका छौँ । अब बालकहरू आएपछि नै उनीहरू किन कसरी गए भन्ने कुरा थप अनुसन्धानपछि खुल्छ”, प्रमुख केसीले भन्नुभयो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij