Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नेपाल भुटानसँग पराजित

नेपाल भुटानसँग पराजित

  • काठमाडौँ । बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटको पहिलो खेलमा नेपाल भुटानसँग पराजित भएको छ । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा शनिबार राति भएको खेलमा नेपाल भुटानसँग २–० ले पराजित भएको हो ।

    images
    images
    images

    भुटानलाई जित दिलाउन सोनाम छोझाङ र कर्मा टासी जाम्त्सोले एक एक गोल गरे । खेलको ३३ औं मिनेटमा सोनामले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । त्यसपछि ४७ औं मिनेटमा कर्माले गोल गर्दै भुटानलाई २–० को जित दिलाए ।

    खेलको इन्जुरी समयमा अविशेक वाइबाले रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा समेटिएको थियो । अब नेपालले दोस्रो खेलमा सोमबार कतारसँग खेल्नेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij