Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

दुई युवती मृत फेला

दुई युवती मृत फेला

  • काठमाडौँ । धनुषामा दुई युवतीको शव फेला परेको छ। नगराईन नगरपालिका ६ पुर्वारी टोलस्थित अम्बाघाटको बाँस घारीमा दुबै जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

    images
    images
    images

    प्रहरीका अनुसार मृतक नगराईन नगरपालिका ७ स्थित डेवडिया बस्ने १८ वर्षीया पूजा महरा र भारत मधुवनी जिल्लास्थित हर्निया हरलाखी घर भई डेवडियास्थि १९ वर्षीया आरती कुमारी महरा छन्। मंगलवार दिउँसो दुबै जना घाँस काट्न भन्दै घरबाट निस्किएका थिए।

    घाँस काट्न गएका महिलाले उनीहरुको शव देखेपछि ईलाका प्रहरीलाई खबर गरेका थिए।शवको प्रकृति हेर्दा दुबै जना विष सेवन गरेको देखिए पनि घटना शंकास्पद रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

    उनीहरुको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको र शव पोष्टमार्टमपछि थप कुरा खुल्ने अनुसन्धानमा खटिएका एक प्रहरीले बताए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij