Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

समावेशी आयोगका पदाधिकारीलाई कारबाहीको माग

समावेशी आयोगका पदाधिकारीलाई कारबाहीको माग

  • काठमाडौं । समावेशी आयोगका पदाधिकारीलाई कारबाही गर्न नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं प्रतिनिधिसभा सदस्य अञ्जना विशंखेले माग गरेकी छन् ।

    images
    images
    images

    प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संविधानविपरीत समावेशी आयोगले पूर्वाग्रह राखी जातीय, लैंगिक आरक्षण आवश्यक नरहेको प्रतिवेदन तयार गरेकाले आयोग पदाधिकारीहरुलाई कारबाही गर्नुपर्ने माग गरेकी हुन् । साथै समावेशी आयोगले तयार पारेको ‘विद्यमान सरकारी सेवामा आरक्षणको प्रभाव अध्ययन प्रतिवेदन २०७९’ तुरुन्त खारेज गर्नसमेत जोड दिएकी छन् ।

    उनले भनिन्, ‘संविधानविपरीत संवैधानिक आयोगले पूर्वाग्रह राखी जातीय, लैंगिक आरक्षण आवश्यक नरहेको प्रतिवेदन तयार गरेको छ । सरकारले यसलाई तुरुन्त खारेज गर्दै आयोगका पदाधिकारीलाई कारबाहीको दायरामा ल्याउन सभामुखमार्फत सरकारसँग माग गर्दछु ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij