• २०७७, मंसिर १०गते
Logo

जर्मनीमा ह्वात्तै बढ्यो कोरोना 

अनलाइन पत्रिका

६, मंसिर २०७७
  • 90
    SHARES
  • जर्मनीमा ह्वात्तै बढ्यो कोरोना 

    जर्मनीमा कोरोनभाइरसबाट सङ्क्रमितहरुको कुल सङ्ख्या नौ लाख भन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार जर्मनीमा अहिलेसम्म कुल नौ लाख दुई हजार ५२८ जना सङ्क्रमित भएका हुन् । 

    कोरोनाभाइरसबाट एकैदिनमा सङ्क्रमितको सङ्ख्या भने झण्डै २३ हजार पुगेको अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा जर्मनीमा कुल २२ हजार ९६४ जना सङ्क्रमित भएका छन् । 

    जर्मनीमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर एकैदिनमा २५४ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या १३ हजार ८८४ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।  

     

    प्रकाशित मिति :मंसिर ६, २०७७ शनिवार - १५:५३:२० बजे

    अनलाइन पत्रिका

    सम्बन्धित समाचार