Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

समानुपातिकतर्फ दल मनोनयनको आज अन्तिम दिन

समानुपातिकतर्फ दल मनोनयनको आज अन्तिम दिन

  • काठमाडौँ । आगामी चुनावमा समानुपातिक निर्वाचन प्रणालीतर्फ दल मनोनयनको आज अन्तिम दिन रहेको छ । आयोगले मनोनयनका लागि भदौ १० गतेदेखि १२ गतेसम्मको समय तय गरेकोमा आज अन्तिम दिन हो ।

    images
    images
    images

    निर्वाचन आयोगका अनुसार शनिबारसम्म प्रतिनिधि सभातर्फ ४३ दलले मनोनयन बुझाएका छन् । प्रतिनिधि सभातर्फ निर्वाचन प्रयोजनका लागि आयोगमा ८६ दलले भाग लिने गरी दर्ता गराएका छन् । ७० दलले एकल चुनाव चिह्न र १२ दलले चार समूह बनाएर तालमेल गर्ने निर्णय गरेका छन् ।
    आयोगले ४३ सहित आज बिहान १० बजेदेखि पाँच बजेसम्म निर्वाचन आयोगमा मनोनयनका लागि दर्ता भएका दलको छानबीन गरी मनोनयनको टुंगो लगाइने जनाएको छ । निर्वाचन आयोगमै स्थापित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा समानुपातिकतर्फको मनोनयन दर्ता हुँदैछ ।

    कुन प्रदेशमा कति दल?
    निर्वाचन आयोगका अनुसार प्रदेश १ मा ३५, मधेश प्रदेशमा ३८, बागमती प्रदेशमा ३९, गण्डकी प्रदेशमा ३५, लुम्बिनी प्रदेशमा ३७, कर्णालीमा ३२ तथा सुदूरपश्चिम प्रदेशमा ३४ दलले भाग लिने गरी मनोनयन बुझाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij