Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

गोली प्रहार गरी एकको हत्या

गोली प्रहार गरी एकको हत्या

  • काठमाडौँ । कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकामा एक जनालाई शुक्रबार दिउँसो गोली प्रहार गरी हत्या गरिएको छ । वडा नं. ५ मद्रहवा गाउँ बस्ने ५० वर्षका रामसमुझ पासीलाई अपरिचित दुई जनाले गोली प्रहार गरेका थिए ।

    images
    images
    images

    गम्भीर घाइते हुनाले उपचारका लागि सदरमुकाम तौलिहवास्थित अस्पताल ल्याउँदै गर्दा दिउँसो ४:१० मा मृत्यु भएको अस्पतालले जनाएको छ ।

    अपरिचित व्यक्तिले उक्त गाउँपालिकाको वडा ६ महादेवामा बोलाएर एक जनाको खाली घरको पछाडी पट्टी लगेर गोली हानेका प्रत्यक्षदर्शीले बताएका छन् । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij