काठमाडौँ । नेपाल र केन्याबीचको दोस्रो टी–२० खेल आज हुँदैछ । खेल नैरोबीमा दिउँसो पौने चार बजे सुरु हुनेछ ।
केन्यासँगको पाँच खेलको टी–२० शृङ्खलामा नेपालले १–० को अग्रता बनाएको छ । हिजो भएको पहिलो खेलमा घरेलु टोली केन्यालाई नेपालले ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो ।