
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । शान्तिनगरमा फयाँकिएको फोहोरको थुप्रोमा आगलागी भएको छ । आगलागी शान्तिनगर गेटनजिकै लायन्स आँखा अस्पताल छेउमा भएको थियो ।
दुर्गन्ध बढ्दै गएपछि कसैले आगो लगाएको स्थानीयको अनुमान छ । आगो चाँडै नियन्त्रणमा लिइएकाले थप क्षति नभएको प्रहरीको भनाइ छ ।
स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा अझैपनि काठमाडौंको फोहोर नियमित रूपमा उठ्न सकिरहेको छैन । सडक र पाखामा थुपिएको फोहोरको दुर्गन्धले जनजीवन असहज बनेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij