Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

वडाको सेवासुबिधामा रोक

वडाको सेवासुबिधामा रोक

  • काठमाडौँ। बुस्टर डोज नलगाउने नागरिकलाई वडाबाट पाउने सेवासुबिधा बाटै बन्चित गर्ने निर्णय गरेको छ । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर ९ ले सुचना जारी गर्दै बुस्टर डोज पूरा गर्न वडाबासीलाई आग्रह पनि गरेको छ । 

    images
    images
    images

    अनिवार्य रुपमा डोज पूरा गर्न वडा सचिव दुर्गाप्रसाद कुवरद्वारा सूचना जारी गरिएको छ । खोप लगाउन अटेर गर्न थालेकोले र सतप्रतिशत खोप सुनिश्चीत गर्न यस्तो निर्णय गरिएको वडा सदस्य लक्ष्मण काफ्लेले जानकारी दिए ।

    वडामा करिब ३००० जनालाई खोप लगाउने लक्ष्य रहेकोमा अहिले सम्म ७० प्रतिशतले मात्र खोप लगाएको उनले बताए । खोप लगाएका ७० प्रतिशत मध्ये २० प्रतिशतले बुस्टर डोज लगाउन बाँकी रहेको मुर्तिढुङ्गा स्वास्थ्य चौकी प्रमुख निर्मला काफ्लेले जानकारी दिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij