Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकसम्बन्धी पत्र प्रतिनिधि सभामा पेश भएको छ। मंगलबार संसद बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रपतिका तर्फबाट पठाएको पत्र पढेर सुनाए।
'प्रमाणीकरणका लागि प्रस्तुत हुन आएको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेक विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसदबाट पुन: गहन अध्ययन, छलफल,विमर्श र विश्लेषणसहित पुनरविचार हुन वाञ्छनीय भएकाले सम्मानीत राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ११३ को उपधारा ३ बमोजिम सन्देश सहित यो विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउने निर्ण भएकाले नेपाल नागरिकता ऐेन २०६३ लाई संशोधन गर्ने बनेको विधेयक यसैसाथ पठाइएको व्यहोरा सादर अनुरोध गर्दछु,' पत्रमा उल्लेख छ।
राष्ट्रपति भण्डारीले पुनरविचार गर्नुपर्ने भन्दै साउन २९ गते नागरिकता विधेयक फिर्ता गरेकी थिइन्। उनले १५ बुँदे सुझावसहित विधेयक फिर्ता गरेकी हुन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij