
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । आज शुक्रबार सत्ता गठबन्धनको बैठक बस्दै छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । बैठकमा चुनावी रणनीति र तालमेलका विषयमा छलफल हुनेछ ।
कांग्रेस नेता रामचन्द्र पौडेलका अनुसार बैठकमा ४ मंसिरको चुनावमा गठबन्धन दलहरूबीच हुने भागबण्डाका विषयमा छलफल हुनेछ । त्यसका लागि कार्यदल बनाएर जान सकिने उनको भनाइ छ ।
सरकारले बिहीबार ४ मंसिरका लागि चुनावको मिति घोषणा गरेलगत्तै सत्तागठबन्धन छलफलमा जुटेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij