
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । सरकारले प्रतिनिधिसभा तथा प्रदेशसभाको मिति घोषणा गर्ने तयारी गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको मन्त्रिपरिषद्को नियमित बैठकले दुई निर्वाचनको मिति घोषणा गर्ने सम्भावना रहेको बताइएको छ ।
निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्दा उपयुक्त हुने सुझाव दिएको एक महिना बित्न लाग्दा सरकारले पनि मिति घोषणा गर्न लागेको छ । सरकारले यसअघि नै निर्वाचनको मिति घोषणाको तयारी गरेको भएता पनि अर्थमन्त्री जनार्दन शर्मा विवादमा परेपछि गठबन्धन रोकिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij