
Aug 16 2025 | २०८२, साउन ३१ गते
काठमाडौँ । पाकिस्तानमा बाढीका कारण पछिल्लो ४८ घण्टामा ३४० जना भन्दा बढीको मृत्यु भएको छ ।
पाकिस्तानी मिडिया जियो न्यूजका अनुसार सबैभन्दा धेरै मृत्यु खैबर पख्तुनख्वा प्रान्तमा भएको छ, जहाँ नदीको बाढी र घरहरू भत्किँदा ३२८ जनाको मृत्यु भएको छ ।
त्यस्तै गिलगित बाल्टिस्तान मा १२ जना र पाकिस्तान प्रशासित जम्मू कश्मीरमा ११ जनाको मृत्यु भएको छ। भारी वर्षाका कारण शुक्रबार पाकिस्तानका विभिन्न जिल्लाहरूमा अचानक बाढी आएको थियो ।
विभिन्न नौ जिल्लाहरूमा लगभग २ हजार उद्धारकर्मीहरू उद्धारमा संलग्न रहेको र अझै पनि सबै ठाउमा उद्धार गर्न नसकेको बताइएको छ ।
भारी वर्षाका कारण धेरै क्षेत्रमा पहिरो गएको र धेरै सडकहरू बगाएका छन्, जसले गर्दा सहायता पुर्याउन समस्या भइरहेको खैबर पख्तुनख्वाको उद्धार एजेन्सीका प्रवक्ता बिलाल अहमद फैजीले बताएका छन् ।
सडक नहुदा विशेष गरी भारी मेसिनरी र एम्बुलेन्सहरू पुर्याउन कठिनाइ भएको उनले बताएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij