
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाण र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा शुक्रवार बिहान भएको भेटमा राष्ट्रिय राजनीति र समसामयिक विषयवस्तुबारे कुराकानी भएको छ ।दुई नेताबीच
बिहीवार मात्रै राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विधेयक, निर्वाचन मिति घोषणालगायत विषयमा कुराकानी भएको गृहमन्त्री खाणले बताए । गृहमन्त्री खाणले बिहीवार साँझ माओवादी नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरासँग भेट गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij