Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडाैँ। सुर्खेत प्रहरीले ३७५ केजी अवैध चिनी बरामद गरेको छ। कुनै पनि बिल नभएको भन्दै अस्थायी प्रहरी पोष्ट बबईले नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको एउटा जीपबाट उक्त चिनी बरामद गरेको हो ।
क.प्र. ०२००१ च ०३१७ नम्बरको जीप भेरीगंगा नगरपालिका ५ स्थित चेकप्वाइन्टमा चेकजाँच गर्दा २५ केजीका १५ बोरा चिनी बिल नभएको भेटिएको थियो ।
यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij