Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले विचार र मुद्दा मिल्नेहरुसँग सहकार्य गरेर गठबन्धनलाई बलियो बनाउने बताएका छन्। नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको नवौँ स्मृति दिवसको अवसरमा सोमबार पेरिसडाँडामा आयोजित कार्यक्रममा विचार मिल्नेहरुको बीच सहकार्य गर्नुपर्ने धारणा राखेका हुन्।
उनले प्रदेश र संघको निर्वाचनमा भएकाले उनीहरुसँग सहकार्य हुने धारणा राखे। ‘गठबन्धनभित्र पनि सबैलाई न्याय होस्, तालमेल होस् भनेर कोसिस भइरहेको छ।’
प्रचण्डले वर्तमान निर्वाचन प्रणालीले गणतन्त्र नै खतरामा पर्ने टिप्पणी गरे। श्रमजीवि जनताले निर्वाचन जितेर आउने भनेको सपना जस्तो देखिएकाले दलाल पूँजीपतिहरु आउने खतरा दिनप्रतिदिन बढिरहेको उनको भनाई छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij