
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ। प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल भारी मतका साथ निर्वाचित भएकी छन्। शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद भुसालले १४८ मत पाइन् ।
उपसभामुखमा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई उम्मेदवार थिए । उम्मेदवार विद्या भट्टराईले ९३ मत पाउँदा भुसालले १४८ मत पाउँदै उपसभामुखमा निर्वाचित भएकी हुन्।
तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले २०७६ माघ ६ गते राजीनामा दिएपछि प्रतिनिधि सभाको पदावधि सकिन ६ महिनाभन्दा कम अवधि रहेका बेला उपसभामुख चयन भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij