Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले यम बुद्धको शालिक निर्माण गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय स्वागतयोग्य भएको बताएका छन्।
काठमाडौँ महानगरपालिकाले यम बुद्धको शालिक बनाउने निर्णय गरेपछि मेयर बालेनको चौतर्फी आलोचना भएको थियो। आलोचनापश्चात् उनले आफ्नो तलबबाट शालिक बनाउने बताएका थिए।
यसैबीच एमाले उपाध्यक्ष पौडेलले सामाजिक सञ्जालमार्फत् यम बुद्धको शालिक निर्माण गर्ने कामपाको निर्णय स्वागतयोग्य भएको बताएका छन्। उनले ट्विटरमा लेखेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्र आआफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो। तसर्थ, नेपाली माटोमा जन्मिएका हिपहप गायन विधाका विख्यात नक्षत्र यम बुद्धको प्रतिमा (शालिक) निर्माण गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय स्वागतयोग्य छ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij