
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडाैँ । प्रतिनिधि सभाको बैठक आज (बिहीवार) बस्दैछ । बैठक दिउँसो ३ बजे बस्ने कार्यसूची तय भएको छ ।
आज बस्ने प्रतिनिधि सभाको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गर्ने तयारी गरिएको संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
यसअघि बुधवारको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री खाँणले विधेयक पेस गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij