
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)औपचारिक रूपमा विभाजित भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र डा। बाबुराम भट्टराई पक्षले छुट्टाछुट्टै बैठक आयोजना गरेर विभाजित बनेका हुन् ।
बुधबार जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय विस्तारित बैठक बस्दै छ । केन्द्रीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको बैठक काठमाडौँमा बस्दै छ भने कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव पक्षको बैठक वीरगन्जमा बस्दै छ ।
पछिल्लो समय द्वय अध्यक्षबीच पार्टीमा खटपट सुरु भएको छ । मंगलबारको बैठकमा अध्यक्ष भट्टराईले अर्का अध्यक्ष उपेन्द्र यादवले पदको लोभ गरेको, अन्य कम्युनिस्ट र कांग्रेस पार्टीसरह नै वैकल्पिक रूपमा उदाएको पार्टी जसपा पनि सिकार भएको बताएका थिए ।
उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालीन संघीय समाजवादी फोरम र बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीबीच २०७६ साल वैशाख २३ गते एकता भएको थियो । पार्टी एकतापछि ‘समाजवादी पार्टी’ नामकरण गरिएको थियो । २०७७ साल वैशाख १० गते राष्ट्रिय जनता पार्टीसँग पुनः एकीकरण भएसँगै पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ बनेको थियो ।
दुवै समूहले आ–आफ्नो पक्षमा बहुमत रहेको दाबी गरेका छन् । २३ जना सांसदमा यादव पक्षका १३ र भट्टराई पक्षका १० जना रहेका छन् ।त्यसै गरी दुवै समूह केन्द्रीय सदस्यमा बहुमत पु¥याउने कसरमा लागेका छन् ।
दुवै समूहमध्ये जुन समूहले बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर निर्वाचन आयोगमा बुझाउँछ सोही समूहले जसपाको मान्यता पाउने जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij