
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडाैँ । बागलुङमा डेङ्गुका बिरामी फेला पर्न थालेका छन् । गर्मी बढेसँगै जिल्लामा डेङ्गुको जोखिम देखिन थालेको हो । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको सङ्क्रमण जिल्लाका दुई जनामा भेटिएको हो ।
धवलागिरि अस्पतालमा उपचार गर्न आएकी एक महिला र एक पुरुषमा लक्षण देखिएपछि परीक्षण गर्दा डेङ्गु पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र बी पोखरेलले जानकारी दिनुभयो । सङ्क्रमित बागलुङ नगरपालिका–७ का र ९ रहेका छन् । ती बिरामीको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij