Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

गृहमन्त्री खाँण र  प्रचण्डबिच भेटवार्ता

गृहमन्त्री खाँण र  प्रचण्डबिच भेटवार्ता

  • काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाँण र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच ‘नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ बारे छलफल भएको छ । गृहमन्त्री खाँण र अध्यक्ष दाहालबिच सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा सरकारले संसद्मा पेस गरेको नागरिकता विधेयकबारे छलफल भएको हो ।

    images
    images
    images

    सरकारले पेश गरेको उक्त विधेयकमा सहमति जुटाउँन गृहमन्त्री खाँणले विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटघाट बढाएका छन् । सरकारले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साल साउन २२ गते प्रतिनिधि सभामा दर्ता गरेको थियो ।

    राज्य व्यवस्था समितिले २०७७ असार ९ गते प्रतिवेदनसहित प्रतिनिधि सभामा पेस गरेको थियो । सरकारले त्यो प्रतिवेदन असार २४ गते फिर्ता लिएर त्यसै दिन अर्को विधेयक संसद् सचिवालयमा पेस गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij