
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संवैधानिक परिषद् सम्बन्धी विधेयक ल्याउने काम गलत भएको भन्दै, हिजो ओलीको पालामा गलत भएको कार्य अहिले पनि गलत नै हुने बताएका छन् ।
महामन्त्री शर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई गलत सल्लाह कसले दिन्छ ? भन्दै प्रश्न गरेका छन् । प्रधानमन्त्री देउवाको गम्भीर जवाफदेहीता जरुरी रहेको बताउँदै, सामाजिक सञ्जालमा उनले लेखेका छन्, “ओलीको पालामा जो गलत, देउवाको पालामा पनि गलत, यसमा शतप्रतिशत प्रष्ट छौं हामी ! संवैधानिक परिषद् सम्बन्धी विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै, तर यस्तो भयो कसरी ? हुन्छ कसरी ? गर्छ कसले रु सल्लाह दिन्छ कसले ? यो दुःखद छ । प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर जवाफदेहीता जरुरी छ ।”
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij