
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौँ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न प्रतिनिधिसभाले बनाएको विशेष संसदीय छानबिन समितिले मंगलबारदेखि छानविनको काम थाल्ने भएको छ । शर्मामाथि करको दर हेरफेर गराउन अनाधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेको थियो ।
प्रश्न उठेपछि २२ असार २०७९ मा प्रतिनिधिसभाले ११ सदस्यीय विशेष समिति (छानबिन समिति) गठन गरेको थियो । उक्त समितिले काम सुरु गरेको १० दिनभित्र सभामुखलाई प्रतिवेदन बुझाउनुपर्ने जनाइएको छ ।
शुक्रबार (२०७९ असार २४ गते) मा सभामुख अग्नि प्रसाद सापकोटाले संसद भवन नयाँ बानेश्वरमा सहजीकरण बैठक राखेका थिए । उक्त बैठकले विशेष समितिको सचिवको जिम्मेवारी संसद सचिवालयका सहसचिव सुरेन्द्र अर्याललाई तोकेको छ ।
सहजीकरण बैठकले आउँदो मंगलबार विशेष समितिको पहिलो बैठक बस्ने तय गरेको हो । संसद सचिवालयका अनुसार मंगलबार बस्ने पहिलो बैठकले समितिको संयोजक तय गर्नेछ । सोही दिन कार्यविधिसमेत बनाएर समितिले आफ्नो कार्य थालनी गर्ने जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij