
Apr 25 2025 | २०८२, वैशाख १२ गते
काठमाडाैँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजसुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले घटेको जानकारी दिएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ६०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार १०० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।
यसैबीचमा चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ११ सय ८५ रुपैयाँ कायम भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij