Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

एलआईसी नेपालको बीमा प्रिमियम खल्तीबाट भुक्तानी गर्न सकिने

एलआईसी नेपालको बीमा प्रिमियम खल्तीबाट भुक्तानी गर्न सकिने

  • काठमाडौँ । एलआईसी नेपालको बीमा प्रिमियम अब खल्तीबाट भुक्तानी गर्न सकिने भएको छ । खल्तीले आफ्ना प्रयोगकर्ताहरूलाई डिजिटल रूपमा बीमा प्रिमियम भुक्तानी गर्न सक्षम बनाउन एलआईसी नेपालसँग सहकार्य गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    विभिन्न बीमा कम्पनीहरुसँगको सहकार्यपछि खल्तीले आफ्नो प्लेटफर्म मार्फत एलआईसी नेपालको बीमा भुक्तानीको नयाँ सुविधा थपेको छ जसले प्रिमियम भुक्तानीलाई अझ सरल र सहज बनाउने अपेक्षा गरिएको छ । प्रिमियम तिर्नका लागि प्रयोगकर्ताहरूले एलआईसी नेपालको वेबसाइट मा गई भुक्तानी विधिको रूपमा ‘खल्ती’ प्रयोग गरी आफ्नो भुक्तानी प्रक्रिया पूरा गर्न सक्नेछन्।

    AGNI GROUP

    ‘खल्ती’ का प्रमुख कार्यकारी निर्देशक विनय खड्काका अनुसार हाम्रो प्लेटफर्ममा एलआईसी नेपाल थप्नु हाम्रो लागि बिमा शुल्क सङ्कलनलाई सरल र प्रभावकारी बनाउन एउटा प्रमुख उपलब्धि भएको छ । पाँच हजार रुपैयाँ माथिको नविकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो खल्तीु केवाईसि भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ।

    भर्खरै स्टार्टअप सक्सेस अवार्डबाट सम्मानित, खल्ती आफ्नो सेवाको छैठौं वर्षमा छ। नेपालको फिनटेक उद्योगमा खल्तीले आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डको रूपमा स्थापित गर्न सफल भएको छ । देशभर २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरु साथमा ५० हजार एजेन्ट नेटवर्कको प्रयोगकर्ताहरू बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि यी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ। 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij