
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौँ। एमाले अध्यक्ष ओलीले १० वर्षसम्म गरेको सशस्त्र युद्ध नक्कली सपना र झुट भएको बताएका छन्।
अध्यक्ष ओलीले तत्कालिन नेकपा माओवादीले २०५२ सालदेखि १० वर्षसम्म गरेको सशस्त्र युद्ध नक्कली सपना र झुट भएको टिप्पणी गरे । नक्कली सपना देखाएर नेतृत्वले सशस्त्र युद्ध गरेको भएपनि युद्धमा होमिनेहरुको गल्ती नरहेको उल्लेख गर्दै उनले उनीहरुको समस्या समाधानका लागि सबै जिम्मेवार हुनुपर्ने बताए ।
सोमबार प्रतिनिधिसभामा बोल्दै अध्यक्ष ओलीले भने, ‘सपना नक्कली थियो, झुट थियो । तैपनि त्यसमा सामेल भएका, मृत्यु भएका, घाइते, वेपत्ताका परिवारले पाइरहेका दुख हेर्नु पर्छ कि पर्दैन?’ ओलीको प्रश्न छ, ‘ आफूलाई त्यस ठाउँमा ल्याइपुर्याउने लडाकुहरुका समस्या बिर्सने ? अहिले पनि पीडित छन् । शान्ति प्रक्रिया टुंग्याउनुपर्दैन ?’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij