
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ र प्राध्यापक डा. सूर्य सुवेदीलाई नेपाल ल क्याम्पस स्वर्ण सम्मान प्रदान गरिएको छ ।
नेपाल ल क्याम्पसको स्थापना दिवसका अवसरमा आज आयोजित समारोहमा नेम्वाङ र सुवेदीलाई राष्ट्रपति भण्डारीले सम्मान प्रदान गरेकी हुन् ।
नेपाल ल क्याम्पसका पूर्वविद्यार्थी र प्राध्यापक समेत रहेका नेम्वाङलाई नेपालको संविधान निर्माणमा अतुलनीय योगदान पुर्याएको भन्दै क्याम्पसले सम्मान गरेको जनाइएको छ ।
त्यस्तै, सूवेदीलाई नेपालको जनमत संग्रहका बेला भएको प्रजातान्त्रिक आन्दोलनका क्रममा जेलजीवन बिताएको र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपालीको ख्याति र गौरव बढाएको भन्दै सम्मान गरेको छ ।
यस्तै, सो समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीहरूले संविधान र कानुनको बारेमा समाजमा जनचेतना अभिवृद्धि गर्न भूमिका खेल्नुपर्ने बताइन् ।
कानुनी शिक्षा नै कानुनी शासन स्थापनाका लागि मुख्य आधार भएको बताउँदै उनले भनिन्, कानुनी शिक्षालाई समयसापेक्ष, व्यवहारिक, अनुसन्धानमूलक, गुणस्तरीय र प्रतिस्पर्धी मूलक बनाउदै लैजानु आवश्यक हुन्छ,’।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij