Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

पुराना साझा सहकारीमा रहेको रोक्का जग्गा फुकुवा हुने

पुराना साझा सहकारीमा रहेको रोक्का जग्गा फुकुवा हुने

  • काठमाडौँ । पुराना साझा सहकारी संस्थाका सदस्यको रोक्का भएका जग्गा फुकुवा हुने भएको छ । 

    onlinepatrika
    Arghakhachi

    भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले पुराना साझा सहकारी संस्थामा आवद्ध रहेका सदस्यले संस्थासँग वि-स- २०४९ जेठ २ गते अगावै गरेको ऋण एकिन तथा घरजग्गा फुकुवा गर्ने निर्णय गरेको हो ।

    AGNI GROUP

    जस अनुसार सहकारी विभागले असार १५ गते सूचना जारी गर्दै पुरानो ऋण तथा रोक्का रहेको घररजग्गाको विवरण पठाउन पनि पत्राचार गरेको छ । 

    सहकारीका सदस्यले साझा सहकारी संस्थालाई हालसम्म तिर्न बुझाउन बाँकी रहेको साँवा, व्याज, हर्जना समेत जम्मा तिर्नुपर्ने दायित्वको रकम, साझा सदस्यको नाममा रोक्का रहेको घरजग्गा र रोक्का राख्ने बैंकको विवरण पठाउन विभागले पत्राचार गरेको छ।

    यस्तै विभागले साझा संस्थाका सदस्यलाई ऋण प्रवाह गर्ने शिलशिलामा तत्कालिन साझा संघ संस्थाले कृषि विकास बैंकसँग लिएको ऋणको विवरण पनि पठाउन पत्राचार गरेको जनाएको छ ।

    suchana-.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij