Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

विपद् कोषमा ६ अर्ब भन्दा बढी बजेट

विपद् कोषमा ६ अर्ब भन्दा बढी बजेट

  • काठमाडौँ । विपद्का घटना हुँदा खोज, उद्वार र राहत कार्यमा खर्च गर्ने उद्देश्यले विभिन्न कोषहरु छन् । त्यी विपद् कोषहरुमा ६ अर्ब  ८० करोड ३६ लाख २० हजार बजेट विनियोजन गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    विपद् पूर्वतयारी सञ्जाल नेपालका उप महासचिव हर्षमान महर्जनका अनुसार “राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यबस्थापन प्राधिकरणले दिएको जानकारी अनुसार सवै भन्दा वढि रकम प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्वार कोषमा मात्र ३ अर्ब  ५ करोड ९९लाख रुपैयाँ बजेट विनियोजन गरेको छ, भन्ने राष्ट्रिय विपद् व्यवस्थापन कोषमा २ अर्ब ६ करोड रुपैयाँ राखेको छ । विपद् व्यवस्थापन कोषमा सातै वटा प्रदेशमा जम्मा कुल ५९करोड ४४लाख ९०हजार छुटाएको छ ।’’

    AGNI GROUP

     त्यस्तै, सवै जिल्लाहरूमा विपद् व्यवस्थापन कोषमा १ अर्ब  ९करोड ३०हजार बजेट विनियोजन गरेको जानकारी पाएको बताए । प्रदेश नं १मा ४करोड मधेस प्रदेशमा २करोड ८०लाख ८४ हजार बागमती प्रदेशमा ८ करोड गण्डकी प्रदेशमा ६ करोड लुम्बिनी प्रदेशमा ९ करोड ५० लाख कर्णाली प्रदेशमा ३ करोड १४ लाख ६हजार सुदुर पश्चिम प्रदेशमा २६ करोड बजेट विनियोजन गरेको देखिएको छ । यी बजेट सबै शुभेच्छुकहरुले जानकारी होस् भनी उप महासचिवले व्यक्त गर्नुभयो । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij