
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । नवगठित पार्टी नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा अोलीसँग भेटवार्ता गरेका छन् ।
स्रोतका अनुसार सो क्रममा गौतमले वाम एकताको प्रस्ताव राखेको बताइएको छ।
गौतमले यही असार १३ गते आफ्नो नयाँ पार्टी रिपोर्टर्स क्लब नेपालमार्फत सार्वजनिक गरेका थिए । त्यसपछि उनी राजनीतिक भेटवार्तामा सक्रिय भएका हुन् ।
उनले नेपालका कम्युनिष्ट पार्टीहरुबीच एकता गराएरै छोड्ने उद्घोष गरेका छन् । सोही उद्देश्यले उनले आज एमाले अध्यक्ष ओलीलाई भेटेको जनाईएको छ । ओली भेट्न गौतम आज विहान बालकोट पुगेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij