
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । वामदेव गौतम नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा गरेका छन् ।
काठमाडौँमा मंगलवार पत्रकार सम्मेलन गरेर सो पार्टीको घोषणा गरिएको हो । सो पार्टीको केन्द्रीय कमिटी ७५ सदस्य, १५ सदस्यबाट नबढ्ने गरी स्थायी कमिटी रहने र पार्टी बहु पदीय प्रणाली रहने जनाइएको छ ।
केन्द्रीय कार्यसमितिमा एक अध्यक्ष, प्रत्येक प्रदेशको इन्चार्जको जिम्मेवारी बहन गर्ने गरी सात उपाध्यक्ष, संगठनात्मक जिम्मेवारी पूरा गर्ने गरी एक महासचिव, एक उपमहासचिव, एक कोषाध्यक्ष र एक सचिव रहने गरी व्यवस्था गरिएको जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij