
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्ने भएका छन् । मंगलबार अपराह्न कार्यक्रम आयोजना गरेर राजनीतिक दल घोषणा गर्न लागेका हुन् ।
गौतमले दल घोषणाका लागि दिउँसो ३ बजे भृकुटीमण्डपमा कार्यक्रम आयोजना गर्दै छन् । राष्ट्रिय सभाका सांसद रहेका गौतम नेपालका वामपन्थी दलहरुको एकै स्थानमा ल्याउन अभियान सञ्चालन गर्दै आएका थिए । उनले शनिबार मात्रै अभियानका राष्ट्रिय भेला आयोजना गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij