
Apr 11 2025 | २०८१, चैत २९ गते
हेटौंडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग भएको सहमति पूर्ण रुपमा कार्यान्वयन गर्ने बताएका छन् ।
आज प्रदेशसभा बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री जम्कट्टेलले सरकार प्रतिपक्षीहरुसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनले बजेटले सबै क्षेत्र र तप्कालाई समेट्ने प्रयास गरेको उल्लेख गर्दै बजेट बनाउने क्रममा केही सीमाभित्र रहेर काम गर्दा कतिपय सन्तुलन नमिलेको हुनसक्ने स्वीकार गरे ।
मन्त्री जम्कट्टेलले सरकारले बदनियत राखेर कसैलाई पनि कर छुट दिने निर्णय नगरेको बताए ।
प्रतिपक्षीको माग सम्वोधन गर्ने सरकारले प्रतिबद्धता जनाएपछि अवरुद्ध संसद बैठक पुनः सूरु भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij