
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । जर्मनीको आर्थिक सहयोग तथा विकास मन्त्रालयले नेपालसँगको द्विपक्षीय विकास सहयोगलाई सन् २०२३ पछि पनि निरन्तरता दिने भएको छ ।
नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटका क्रममा उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।
भेटका क्रममा प्रिन्जले जर्मनीका चान्सलर ओलाफ शुल्जको पत्र पनि देउवालाई हस्तान्तरण गरेका थिए । पत्रमा जर्मनीले दिगो आर्थिक विकास, जलवायु, उर्जा, स्वास्थ्य र सामाजिक सुरक्षामा सहयोगलाई जारी राख्ने उल्लेख भएको नेपालस्थित जर्मनीको दूतावासले जनाएको छ ।
द्विपक्षीय सरकारी वार्ताका लागि सन् २०२२ भित्रै जर्मनीको संघीय आर्थिक सहयोग र विकास मन्त्रालयका प्रतिनिधि नेपाल आउने जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij