
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह र धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङलाई असफल हुने सुविधा नभएको बताएका छन् ।
उनले राजनीतिबाट आएका मान्छेबाट मात्र राजनीति सफल हुन्छ भन्ने भाष्य परिवर्तन गर्नका लागि पनि उनीहरु सफल हुनुपर्ने बताए ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने मेयर साह र मेयर साम्पाङलाई आफ्नो पार्टीमा ल्याउन प्रयास गर्ने समेत बताएका छन् ।
शुक्रबार रिपोर्टस् क्लबमा प्रत्रकार सम्मेलन गर्दै साह र साम्पाङलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा ल्याउने प्रयास गर्ने बताउँदै, उनले भने, ‘बालेन साहजी र हर्क साम्पाङजी जस्ता मान्छेहरुको साथ हामीलाई मात्र होइन अन्य दललाई पनि आवश्यक छ । तर हामीले प्रयास गर्छौं ।’
उक्त, पत्रकार सम्मेलनमा सभापति लामिछानेले विभिन्न देशमा पनि स्वतन्त्र पार्टीको अभ्यास भएको र यो सबै हेरेर आफ्नो दलको नाम प्रस्ताव गरेको जनाएका छन् ।
स्वतन्त्रसँग पौठेजोरी खेल्न आफूले पार्टीको नाम स्वतन्त्र नराखेको बताउँदै, उनले निर्वाचन आयोगमा स्वतन्त्रबारे उजुरी परेको पनि थाहा पाएका बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij