Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राष्ट्र बैंकले असर्फीको मूल्य बढायो

राष्ट्र बैंकले असर्फीको मूल्य बढायो

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले असर्फीको मूल्य बढाएको छ । बिहीवार नेपाल राष्ट्र बैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै असर्फीको मूल्य बढेको जनाएको हो । 

    onlinepatrika
    Arghakhachi

    बैंकले सुनचाँदी, असर्फी, स्मारिका सिक्का र मेडालियनको खरिद, टकमरी र बिक्री कार्यलाई व्यवस्थित गर्न बनेको नेपाल राष्ट्र बैंक सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी तथा बिक्रीसम्बन्धी कार्यविधि २०७५ संशोधन गर्दै असर्फीको मूल्य बढाएको हो । 

    AGNI GROUP

    संशोधन कार्यविधिअनुसार यसअघि प्रतिग्राम २०० रुपैयाँका दरले रकम थप गरी असर्फीको दैनिक मूल्य निर्धारण हुँदै आएकोमा १०० रुपैयाँले बढाएर प्रतिग्राम असर्फीको मूल्य ३०० रुपैयाँ बनाइएको छ । असार ५ गते बसेको राष्ट्र बैंक सञ्चालक समितिले मूल्य बढाउने निर्णय गरेको जनाइएको छ ।

    संशोधित व्यवस्थाले सर्वसाधारण बाहेक संगठित तथा निजी क्षेत्रका संस्थागत खरिदकर्ताबाट प्रयोजन खुलाई न्यूनतम २० थान असर्फी माग भई आएमा असर्फीको मौज्दात, माग गर्ने संस्थाको आवश्यकता तथा औचित्यका आधारमा विभागीय निर्णयबाट बिक्री गरिने छ ।

    यसरी बिक्री गर्दा जर्ती लगायतको लागत बापतप्रति ग्राम ५०० थप गरी बिक्री मूल्य निर्धारण गरिने भएको छ । हाल ३०० थप गरिँदै आएको थियो । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij