
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । चिनियाँ बैंक र पाकिस्तानको समूहबीच २.३ अर्ब डलरको ऋण सहजीकरण सम्झौता भएको छ । नगदको संकटसँग जुधिरहेको पाकिस्तानले केही राहत पाउने अपेक्षा गरेको छ ।
पाकिस्तानका अर्थमन्त्री मिफ्ताह इस्माइलले बुधबार चिनियाँ बैंक र पाकिस्तानको समूहले २.३ अर्ब डलरको ऋण सहजीकरण सम्झौतामा हस्ताक्षर गरेको जानकारी दिएका छन् ।
मिफ्ताह इस्माइलले ट्वीट गर्दै यसको जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘चीनको समूह अफ बैंकले आज २.३ अर्ब डलर ऋण सुविधामा हस्ताक्षर गरेको छ ।
पाकिस्तानले एक दिनअघि यो सम्झौतामा हस्ताक्षर गरेको थियो। हामी यसका लागि चिनियाँ सरकारलाई धन्यवाद दिन्छौँ। ”
चिनियाँ सरकारको यो कदमलाई लिएर पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टोले ट्वीट गर्दै लेखेका छन्, ‘चीनका राष्ट्रपति सी जिनपिङ र विदेशमन्त्री वाङ यी र चीनका जनतालाई धन्यवाद ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij