
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौँ । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेको हो ।
मंगलबार छापावाल सुनको भाउ प्रतितोला ९७ हजार ७०० रुपैयाँ रहेको थियो भने आज ९७ हजार ३०० रुपैयाँमा कारोबार हुनेछ । त्यस्तै, यसअघि प्रतितोला ९७ हजार २०० रुपैयाँ रहेको तेजावी सुनको भाउ आज घटेर ९६ हजार ८०० रुपैयाँमा झरेको छ ।
चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको महासंघले जनाएको छ । मंगलबार प्रतितोला एक हजार २६५ रुपैयाँ रहेको चाँदीको भाउ आज घटेर एक हजार २५५ रुपैयाँमा झरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij