Logo

Apr 16 2025 | २०८२, वैशाख ३ गते

Apr 16 2025 | २०८२, वैशाख ३ गते

१७५ किलो गाँजा बरामद

१७५ किलो गाँजा बरामद

  • काठमाडौँ । सशस्त्र प्रहरीको टोलीले सप्तरीबाट लागूऔषध गाँजा बरामद गरेको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ स्थित कोशी ब्यारेजबाट मिनी ट्रकमा लोड गरिएको अवस्थामा उक्त गाँजा बरामद भएको हो ।

    images
    images
    images

     को १ ख २९२५ नम्बरको ट्रकलाई कोशी ब्यारेज चेक प्वाइन्टमा चेकजाँच गर्न खोजेपछि चालक र सहचालक फरार भएका थिए । त्यस क्रममा ट्रकभित्र हेर्दा गाँजा देखिएको सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङले जानकारी दिए ।

    उनका अनुसार ट्रकमा ७ वटा बोरामा बाँधिएको अवस्थामा गाँजा भेटिएको छ । बरामद भएको ट्रकसहितको गाँजालाई अन्य अनुसन्धानको लागि नेपाल प्रहरीलाई जिम्मा लगाउने तयारी भइरहेको प्रहरी निरीक्षक तामाङले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij