
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने सरकारले निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।
नेपालका शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पुर्याएको योगदानको कदरस्वरुप उनलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
यस्तै विनोद प्रताप सिंहलाई सचिवमा बढुवा गर्ने, नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई वायुसेवा ऐन अनुरुप निलम्बन गरी जाँचबुझको काम अघि बढाउने, कोहलपुर–सुर्खेत १३२ केभी प्रशारण लाइन निर्माणका लागि बन क्षेत्र प्रयोग गर्ने दिने, राससको अध्यक्षमा धर्मेन्द्र झालाई नियुक्ति गर्ने निर्णय पनि बैठकले गरेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा कार्कीले जानकारी दिए । ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij