
Apr 16 2025 | २०८२, वैशाख ३ गते
काठमाडौँ । मूलधारका राजनीतिक दलले निराशाजनक कार्यसम्पादन गरेको भन्दै विवेकशील साझा पार्टी छाडेका अब्दुस मियाँले आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ६ बाट स्वतन्त्र रूपमा उम्मेदवारी घोषणा गरेका छन् ।
उनले आइतबार एक विज्ञप्ति जरी गरी प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।
उनले प्रतिनिधि सभामा स्वतन्त्र युवा कानून निर्माताका रूपमा सहभागी हुने लक्ष्यका साथ काठमाडौँ क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिने निर्णयमा पुगेको बताएका छन् ।
निर्वाचनपश्चात वृहत वैकल्पिक शक्तिको पुनर्गठनमा आफ्नो दायित्व इमान्दारीपूर्वक निर्वाह गर्ने मियाँले बताएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij